मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाह्र बर्षपछि रेडक्रसको भवन उद्घाटन

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २०, २०७४



  • शिबराज पन्थी, दाङ । बाह्र बर्ष अगाडी शिलान्यास भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाको भवन एक कार्यक्रमका विच शनिवार उद्घाटन गरिएको छ । २०६३ सालमा नेपाल रेडक्रस सोसाईटीका केन्द्रि उपमन्त्री शुदर्शन नेपालद्धारा शिलान्यास भएको उपशाखा गढवाको भवन बाह्रबर्ष पछाडी आज शनिवार नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य तथा महिला विभाग प्रमुख भगवती शर्माद्धारा रिवन काटेर भवनको उद्घाटन तथा शिला अनावरण गरिएको हो ।

    यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गर्ने भनि शिला समेत तयार पारिएको तर उहाँको उपस्थिति नभएपछि उद्घाटन गर्न बाँकी रहिरहेको  रेडक्रस उपशाखा गढवाले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले रेडक्रसमा महिलाहरुको पहुँच बढाउदै उपशाखा गढवालाई जिल्लाकै नमूना उपशाखा बनाउन आग्रह गर्नु भएको थियो ।

    उहाँले जिल्लाकै नमूना योग्य भवन बनाउन सफल भएको गढवा उपशाखालाई धन्यवाद ज्ञापन समेत गर्दैे राजनिती भन्दा माथी उठेर मानविय र सामाजिक सेवामा समर्पित हुन सबै रेडक्रसकर्मिहरुलाई आग्रह गर्नु भयो ।

    उपशाखाका सभापति दिपक कुमार यादवको अध्यक्षता र केन्द्रिय सदस्य भगवती शर्माको प्रमुख आतिथ्यमा भएको १४ औं उपशाखम सभा तथा भवन उद्घाटन समारोहमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज के.सी., नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा दाङका मन्त्री मदन गौतम, उपशाखाका संस्थापक सभापति खिमानन्द पाण्डेय, निवर्तमान सभापति मोहन कुमार पाण्डेय,सल्लाहकार उमाकान्त पन्त, समुदाय उत्थानशिलतामा आधारित ईन्कोर कार्यक्रमका फिल्ड अधिकृत देविप्रसाद प्याकुरेल, बुद्धज्योति मा.वि. का प्रिंन्सीपल नवराज देवकोटा, गढवा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढा मगर र अक्षयकोष संस्थापक कपिलदेव खनाल लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । सो अवसरमा गढवा उपशाखाका स्ंस्थापक सभापति खिमानन्द पाण्डेयलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    उपशाखा सभाले बर्षमा एक पटक आँखा उपचार संगै अन्य उपचारको स्वास्थ्य शिविर सञ्चालन गर्ने, उपशाखाको अधुरो तारवारलाई पुर्णता दिन ईन्कोर कार्यक्रम, जिल्लाशाखा र गाउँपालिकालाई अनुरोध गर्ने, रक्तसञ्चार सेवाकेन्द्र स्थापनाका लागी आवश्यक पहल गर्न जिल्ला शाखालाई अनुरोध गर्ने, बर्षमा कम्तीमा एक पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने र ईन्कोर कार्यक्रम संग समन्वय र सहकार्य गर्ने, एम्बुलेन्स सञ्चालनको कार्यलाई थप प्रभावकारी बनाउने, एम्बुलेन्स राख्ने ग्यारेज निर्माण गर्ने र दैविक विपत्तिमा परेकाहरुलाई नियमित रुपमा राहात र उद्धारका कार्यक्रमलाई निरन्तरता दिने गरि बार्षिक कार्य योजना पारित गरेको छ ।

    कार्यक्रममा सचिव शिबराज पन्थीले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषध्यक्ष विरबहादुर आलेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । खुमानन्द पोखे्रलको आस्था पाठ, तेजप्रसाद न्यौपानेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन उपशाखाका सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij