मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

नक्कली भेटिएपछि अस्ट्रेलियामा नेपाली लाइसेन्समा कडाइ

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • अस्ट्रेलिया यस्तो देश हो जहाँ नेपाली सवारी चालक अनुमतीपत्रले निर्वाध रूपमा गाडी चलाउन पाइन्छ। तर, पछिल्लो दिनमा केही हेलचेक्राइ र नक्कली लाइसेन्सका कारण अस्ट्रेलियन सरकारले नेपाली लाइसेन्सवालालाई कडाइ गर्न थालेको छ।

    नेपाली लाइसेन्सले सवारी चलाउन पाउने भएपछि अस्ट्रेलिया जान तयार भएका विद्यार्थीहरू नेपालमा लाइसेन्सको जोहोमा लाग्छन्। सके पावर भिडाएर नसके गारो मसिनो गरेर पनि लाइसेन्स बोकेरै आउँछन्। अस्ट्रेलियाको बजारमा गाडीको महत्व कामसँग जोडिएको हुन्छ। सार्वजनिक यातायातको सुविधा भए पनि गाडीले यहाँ पाइने काममा निकै ठूलो फरक पार्छ। त्यसैले विद्यार्थीदेखि आगन्तुक सबैको दैनिक जिवनमा यसको महत्व निकै रहन्छ।

    यतिखेर नेपाली लाइसेन्सले गाडी चलाउन पाइए पनि यहाँको लाइसेन्स लिन महावाणिज्यदूतावासबाट असली भएको प्रमाणिकरण गर्नुपर्छ। नेपालमा लाइसेन्स भएमा र त्यो असली प्रमाणिकरण भएमा मात्र यहाँ एकै पटक फुल लाइसेन्सको परीक्षामा सामेल हुन पाइन्छ।

    केही महिनाअघिसम्म यो प्रकृया थिएन, तर नेपाली लाइसेन्स होल्डरको केही गलत रबैयाका कारण प्रकृयामा कस्दै लगेको सम्वन्धित निकायको ठम्माइ छ। अस्ट्रेलियाका अन्य राज्यमा फरक नीति भए पनि न्यू साउथवेल्स सरकारले भने अहिले नेपाली लाइसेन्समा कडाइ रबैया अपनाएको हो।

    ‘अस्ट्रेलियन सरकारको यातायात ब्यवस्था विभाग (रोड एन्ड मेरिटाइम सर्भिसेज) मा बीस बाइस वटा नेपाली लाइसेन्सका प्रकरण देखापरेपछि सम्वन्धित निकायले हामीसँग परामर्श गरेको थियो,’ न्यु साउथवेल्सका महाबाणिज्यदूत दिपक खड्काले सेतोपाटीसँग भने, ‘सर्भिस न्यु साउथ वेल्स र स्थानीय प्रहरीलेसमेत हामीलाई नेपाली लाइसेन्सको असली प्रमाणिकरणका लागि पत्राचार गरेपछि हामीले सम्वन्धित निकायमा पत्राचार गरेका हौ।’

    यो विषय लाइसेन्स र कडाइको होइन, एउटा सानो गल्तीले कयैनको ज्यान जाने गम्भीर विषय हो। ‘यसमा लापरबाही गर्नु हुँदैन। किनभने यहाँ कयैन नक्कली लाइसेन्सका समेत कुराहरु बाहिर आएपछि राज्य गम्भीर भएको हो’, खड्काले भने।

    अस्ट्रेलियामा उच्च अध्ययनमा छोरा छोरी पठाउने अभिभावक पनि यस बिषयमा गम्भीर हुनुपर्ने बेला भएको खडकाले बताए।‘यो खेलाची गर्ने विषय होइन, एक सय किलोमिटरको स्पीडमा दिनहुँ हिड्ने कुरो मानिसको जीवन र जगतसँग जोडिन्छ। बरु राम्ररी सिकेर नियम कानुन बुझेर लाइसेन्स लिए पछिसम्मका लागि दिगो रहन्छ,’ खड्काले भने।

    हुन पनि अस्ट्रेलियामा यतिखेर उच्च अध्यनमा पढन आउने विलार्थीमा नेपाल चौथो नम्बरमा छन्। राज्यले दिएको यो सुविधा सबैका लागि महत्वपूर्ण भएको नेपाल अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष प्रकाश खरेलले बताए।

    ‘यस्तो सम्बेदनशील विषयमा अभिभावक र स्वयम् विद्यार्थी बेलैमा सर्तक हुनु जरुरी छ। नक्कली लाइसेन्सको चपेटामा मुलुकको पहिचान अनि आफ्नो र अरुको ज्यान खतरा मोल्ने काम गर्नु हुँदैन’, उनले भने।

    केही दुर्घटनाको छानबिनका क्रममा नेपाली लाइसेन्स नक्कली भएपछि यो विषय सबेदनशील बन्न पुगेको हो। ‘केही खराब प्रबृत्तिका कारण देशको नाम पनि खराब हुन्छ। यो विषयमा हामी सचेत हुनु जरूरी छ। एउटा नेपालीले नक्कली काम गर्दा लाखौ नेपालीको नाम त्यसै सँग जोडिन्छ। त्यसैले यस्ता बिषयमा समयमै सचेत हुन जरुरी छ,’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij