मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विवाहित युवा युवतीमा अझै परिवार नियोजन साधन प्रयोगमा कमी

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • काठमाडौँ  ।  सरकारले परिवार नियोजनसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेपनि कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको सङ्ख्यामा कमी आउन सकेको छैन ।

    कम उमेरमा विवाह गर्ने किशोर–किशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको तथ्याङ्क परिवार स्वास्थ्य महाशाखासँग छ ।

    सबै स्थानमा सहजरुपमा यस्ता साधन उपलब्ध नहुने, साधनप्रतिको नकारात्मक धारणा, सेवाको गुणस्तरीयतामा कमी, दम्पती अलग बस्ने क्रममा वृद्धि र आकस्मिक परिवार नियोजन तथा सुरक्षित गर्भपतनको सेवाका कारण धेरैले परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको महाशाखाको अनुमान छ ।
    सन् २०१४को मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे (एमआइसिएस) को सर्वेक्षणअनुसार कम उमेरमा बिहे गरेका किशोर–किशोरीमा परिवार नियोजन साधनको प्रयोग दर निकै कम रहेको पाइएको छ ।
    सर्वेक्षणमा १५ देखि १९ वर्षका १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको पाइएको थियो भने १५ देखि ४९ वर्षसम्मका ५० प्रतिशतले विभिन्न प्रकारका परिवार नियोजनका साधन अपनाएको र ४७ प्रतिशतले आधुनिक किसिमका यस्ता साधन प्रयोग गर्ने गरेका देखिन्छ ।
    परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा आरपी विच्छा कम उमेरमा बिहे गरेका किशोर–किशोरीलाई परिवार नियोजनको साधन प्रयोग गर्न अभिप्रेरित गरी आमा र बच्चाको जीवन रक्षा गर्नुपर्नेमा जोड िदन्छन् । यसका लागि पर्याप्त कार्यक्रम र जनचेतना वृद्धि गर्नुपर्ने उनकाे भनाइ छ ।
    किशोरी अवस्थामा हुने गर्भका कारण मातृ मृत्युदर २० वर्षभन्दा माथिका महिलामा भन्दा दोब्बर हुने सम्भावना रहने निर्देशक डा विच्छाको निश्कर्ष छ
    नेपालका अझै पनि १७ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशतभन्दा कम रहेको पाइएको समेत उनले बताए ।
    किशोर–किशोरीले परिवार नियोजनको साधन प्रयोग गरेमा किशोरावस्थामा हुन सक्ने गर्भमा नियन्त्रण तथा त्यसबाट हुने मृत्युलाई समेत रोक्न सकिने, अनिच्छित गर्भपतन गराउनु पर्ने अवस्थालाई कम गर्न सकिनेलगायतका फाइदा हुने गर्छ ।
    सरकारले परिवार नियोजनसम्बन्धी पाँच वर्षीय कार्ययोजना (सन् २०१५–२०२०) मा सन् २०२० सम्ममा कुल प्रजनन दरलाई २.१ मा पु¥याउने र परिवार नियोजन सेवाको आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij