मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘मिर्गौला रोग पुरुषमाभन्दा महिलामा बढी’

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २२, २०७४



  • काठमाडौं, फागुन २२ । ‘मिर्गौला र महिलाको स्वास्थ्य’ भन्ने नारासहित विश्व मिर्गौला दिवस यही फागुन २४ गते नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

    राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट विश्वका १९ करोड ५० लाख महिला प्रभावित भएका कारण यो वर्ष मिर्गौला र महिलाको स्वास्थ्य भन्ने नारा तय गरिएको जानकारी दिइयो ।

    यस्तै, मंगलबारदेखि ‘मिर्गौला बचाऔं’ अभियानसमेत सुरु गरिएको छ ।

    पाँचजना चिकित्सकको टोलीले सुरु गरेको यो अभियानमा सहभागिता जनाउनेले ५०० रुपैयाँ सहयोग गर्नुपर्ने वरिष्ठ मिर्गौला विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए ।

    यस्तै, डा. काफ्लेले मिर्गौला रोग पुरुषमाभन्दा महिलामा बढी देखिएको र गर्भवती अवस्थामा मिर्गौला रोगको समस्या देखियो भने त्यसले शिशुमासमेत नकारात्मक असर देखिने बताए ।

    डा. काफ्लेले शारीरिक व्यायाम, स्वस्थ जीवनशैली, मादकपदार्थ सेवन नगरे तथा पर्याप्त मात्रमा पानी पिउने हो भने यो समस्याबाट बच्नसकिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij