मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, संस्मरण लेख्दैछु : मनीषा कोइराला

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०७४



  • काठमाडौं, फागुन २६ । क्यान्सर केयर नेपालले नायिका मनीषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सन्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ ।

    क्यान्सर केयर नेपाल, नेसनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको एसियाली क्यान्सर सम्मेलनकाक्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरिएको हो ।

    आयोजक संस्थाका अध्यक्ष डा. मदनकुमार पिया र सचिव प्रा. श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सो सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी तथा क्यान्सर रोगीको उपचारमा सहयोगसमेत गर्दै आएकी नायिका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको बताए ।

    एसियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदान–प्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्यान्ड, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्यान्डका क्यान्सर विशेषज्ञको सहभागिता छ ।

    ‘तेस्रो नेसनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफलसमेत गरिनेछ ।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै नायिका कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि आफू स्तब्ध भएको स्मरण गर्दै समयमै रोग पत्ता लागेकाले उपचार भएको बताइन् ।

    उनले भनिन्–‘स्वस्थ जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुन्छ, समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखि ९० प्रतिशत निको हुन्छ । आगामी दिनमा क्यान्सर रोग लाग्नबाट जोगाउन सन्चालन हुने जनचेतनामूलक कार्यक्रममा मेरो सक्रियता हुन्छ ।’

    नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको जानकारी दिइन् ।

    सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. पियाले संस्थाले नेपालका गरिब तथा निमुखा क्यान्सर रोगीको उपचारमामात्रै नभइ क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताए ।

    क्यान्सर केयर नेपालका सचिव प्रा. श्यामकृष्ण जोशीले संस्थाद्वारा सन्चालित नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरलाई १०० श्ययाको बनाउने लक्ष्य राखिएको, नेपाल सरकारले क्यान्सर रोगीका लागि उपलब्ध गराउँदै आएको रु एक लाखमा नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सर रोगीको उपचार गर्दै आएको जानकारी दिए ।

    त्यसअवसरमा क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाइँ, डा. रश्मी पुन गुरुङ, भारतकी डा. कन्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले क्यान्सर रोग लाग्न नदिन विशेष कार्यक्रम सन्चालन गर्न आवश्यक भएकामा जोड दिएका थिए ।

    सो अवसरमा नायिका कोइरालाले नेपालको पहिलो क्यान्सर रोग विशेष डा. तारा मानन्धर, डा. मिलननाथ पाण्डे, रोटरी क्लब अफ यल, नवीना मल्ल, श्रीधर श्रेष्ठ, शाम्भवी आचार्य र किमाया गुरुङलाई सम्मान गरेकी थिइन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij