मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

६ वर्षको छोरालाई छाडेर नगदसहित श्रीमती बेपत्ता, भारतमा मजदूरी गरी फर्किएका श्रीमान् चिन्तित

  • प्रकाशित मिति : बिहिबार, चैत्र १, २०७४



  • कञ्चनपुर, चैत १ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पुजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ ।

    श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना बालबालिका छाडेर चौधरी बेपत्ता भएपछि बालबालिकाको विजोग भएको हो । फागुन १९ गते नगद रु ५० हजार र सुनको तिलहरी लिएर उनी बेपत्ता भएको उनका श्रीमान् वीरबहादुर चौधरीले बताए ।

    भारतबाट आएकै राति घरबाट नगद रकम र सुनको तिलहरी लगेर बेपत्ता भएको उनले बताए । सम्भावित धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला पार्न नसकेको उनको भनाइ छ ।

    छ वर्षको छोरालाई छाडेर बेपत्ता भएपछि निकै अप्ठरो परेको उनले दुखेसो पोखे । ‘भारतमा छ महिना कमाएको पैसा पठाएको थिएँ, घरमा पुग्दा न श्रीमती भेटिइन्, नत पठाएको रकम,’ उनले भने । खोजतलास गर्दा नभेटेपछि प्रहरीलाई गुहारेको उनले बताए ।

    यसैगरी, केही महिना अघि छिमेकी गाउँकी एक महिलासमेत बालबालिकासहित बेपत्ता भएकी थिइन् । हालसम्म उनको समेत पत्तो लाग्न सकेको छैन । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij