मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

वार्षिक ८० हजारले सुरक्षित गर्भपतन गराउँछन्

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • काठमाडौ   ।  नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ ।

    सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइयो ।

    प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमले सो अस्पतालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा दिन थालिएको जानकारी दिँदै आर्थिक वर्ष २०७२÷७३ मा औजारबाट र औषधिको प्रयोगबाट दुई हजार ६९६ जनाले गर्भपतन सेवा लिएको बताए ।

    उनका अनुसार नेपालमा हुने मातृमृत्युदरको तेस्रो कारण असुरक्षित गर्भपतन हो । उनले भने–“अस्पताल वा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको कुरा नै महिलालाई जानकारी नहुने कारण धेरै महिलाले असुरक्षित गर्भपतन गर्ने र मृत्युसमेत हुने गरेको छ । कतिपय अवस्थामा असुरक्षित गर्भपतन गराई क्रिटिकल कन्डिसनमा अस्पतालमा ल्याउने गरेको पनि भेटिन्छ ।”

    कृपा संस्थाका वरिष्ठ पैरवी तथा तालिम अधिकृत प्रभाकर श्रेष्ठले कानुनले बन्देज लगाए पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेक्रम नरोकिएको बताए । उनले छोरा र छोरीबीचको भिन्नतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म यो क्रम चलिरहने भएकाले मानिसको सोचमा नै परिवर्तन हुनुपर्नेमा जोड दिए ।

    सेप्टेम्बर २८ का दिन विश्वमा सुरक्षित गर्भपतन दिवस मनाउने गरिएको छ । नेपालमा पनि २६ सेप्टेम्बर अर्थात् असोज १० का दिन मुलुकी ऐनको ११ औँ संशोधनपश्चात् गर्भपतनले कानुनी मान्यता पाएको दिनलाई स्मरण गर्दै आज नै यो दिवस मनाइन्छ । बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि सुरक्षित गर्भपतन दिवस मनाइँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij