मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हप्तामा मात्र एकपटक खानुहोस् कटहरको तरकारी, पाइनेछन् यस्ता फाइदा

  • प्रकाशित मिति : सोमवार, बैशाख १०, २०७५



  • कटहरलाई धेरैजसो मानिसले तरकारीको रुपमा प्रयोग गर्छन् तर धेरैलाई यसको फाइदाबारे भने थाहा छैन । फूड एण्ड न्यूट्रिशन एक्सपर्ट डा. अमिता सिंहका अनुसार यसमा पाइने तत्वले शरिरलाई विभिन्न रोगबाट बचाउँछ । यसमा फाइबर र म्याग्नेसियमको पर्याप्त मात्रा हुन्छ जसले शरिरलाई विभिन्न समस्याबाट जोगाउँछ । यदि हामीले हप्तामा एकपटक यसलाई आफ्नो खानामा समावेश गरे यसले बिरामी हुने सम्भावनालाई निकै कम गर्छ । आउनुहोस्, कटहरका फाइदाबारे जानकारी लिऔंः

    १. हड्डी बलियो बनाउँछः

    कटहरमा म्याग्नेसियमको पर्याप्त मात्रा पाइन्छ । यसलाई खानामा समावेश गर्दा हड्डी बलियो बनाउँछ ।

    २. स्वस्थ मुटुः

    कटहरले शरिरमा कोलेस्ट्रोललाई नियन्त्रण गर्छ  जसका कारण मुटुलाई स्वस्थ राख्न सहयोग गर्दछ ।

    ३. आँखाका लागि फाइदाजनकः

    कटहरमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसले आँखाको ज्योती बढाउन सहयोग पुर्याउँछ ।

    ४. रक्तअल्पत्ता हुनबाट जोगाउँछः

    कटहर आइरनको निकै राम्रो स्रोत हो । यो खाँदा रगतको कमी हुने समस्या टाढा रहन्छ ।

    ५. पाचन क्रिया सुधार ल्याउँछः

    कटहरको तरकारीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यो खाँदा पाचन क्रियामा सुधार आउँछ ।

    ६. रोग प्रतिरोधी क्षमतामा वृद्धिः

    कटहर भिटामिन सी र एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो जसले तपाईंको शरिरको प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ । बलियो प्रतिरोधी क्षमताले रुघा, खोकी, फ्लूलगायतका रोग लाग्न दिँदैन ।

    ७. ऊर्जावान्ः

    कटहरमा कार्बोहाइड्रेट र क्यालोरीले भरिपूर्ण हुन्छ । यो फ्रुक्टोस र सुक्रोज नामका सिम्पल सुगरको राम्रो स्रोत भएकाले यसले तत्काल ऊर्जा प्रदान गर्न सहयोग गर्छ । यसमा कोलेस्ट्रोलको मात्रा शून्य हुने भएकाले निकै स्वस्थ र सुरक्षित राख्न सहयोग पुर्याउँछ ।

    ८. रक्तचाप नियन्त्रणमा राख्छः

    कटहरमा पोटासियम हुन्छ जसले शरिरको सोडियमको स्तरलाई नियन्त्रण गर्दछ । जसका कारण यसको सेवनले उच्च रक्तचापलाई घटाउँछ भने हृदयघातबाट जोगाउँछ ।

    यसका साथै, यसले मधुमेह, थाइराइड र रतन्धो हुनबाट पनि जोगाउँछ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij