मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालमा ५० लाखभन्दा बढी मानसिक रोगी !

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १८, २०७५



  • काठमाडौं, वैशाख १८ । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक ५ जना व्यक्तिमध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

    मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले मंगलबार राजधानीमा एक कार्यक्रम गरी विश्व स्वास्थ्य संगठनको तथ्यांक सार्वजनिक गरेको हो ।

    संगठनले विश्वमा ३० करोडभन्दा बढीलाई मानसिक रोग लागेको जनाएको छ । नेपालमा करिब ५० देखि ५५ लाख व्यक्ति कुनै न कुनै मानसिक समस्याबाट पीडित रहेको संगठनको तथ्यांकले देखाएको छ ।

    मानसिक समस्याकै कारण मानिसले आत्महत्या गर्ने गरेकोसमेत बताइएको छ ।

    नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १२५ जनाले मानसिक तनावका कारण आत्महत्या गरेका छन् ।

    कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले द्वन्द्व, बेरोजगारी, गरिवी, घरेलु तथा लैंगिक हिंसा, सामाजिक विभेद, प्राकृतिक विपत्ति जस्ता कारणले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढेको बताए ।

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख डा सरोजप्रसाद ओझाले मानसिक रोगीको संख्या दिन दिनै बढ्दै गएको बताए । ६० प्रतिशत महिलालाई आफ्नै श्रीमानले परामर्श गरेर निको पार्न सक्ने उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij