शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एएस रोमालाई हराउँदै लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५



  • काठमाडौं, बैशाख २० । इङ्गलिस फुटबल क्लव लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    गएराति ईटालीको रोममा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा स्थानीय टोली ए.एस रोमासँग ४-२ ले पराजित भए पनि समग्रमा ७-६ ले विजयी हुँदै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो ।

    आफ्नै मैदानमा गत साता भएको पहिलो लेगको खेलमा लिभरपुल ५-२ ले विजयी भएको थियो ।

    गएरातिको खेलमा रोमाका लागि राद्या नैनगोलानले दुई गोल गर्दा एडिन जेकोले एक गोल थपे ।

    लिभरपुलका जेम्स मिल्नरले एक आत्माघाति गोल गरेका थिए । लिभरपुलका लागि भने सादियो माने र जर्जीनियो वहाल्दुमले एक–एक गोल गरेका थिए ।

    फाइनलमा प्रवेश गरेसँगै लिभरपुलले स्पेनिस महारथी रियाल मड्रिड विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।

    लिभरपुल ११ वर्षपछि युरोपियन क्लव फुटबलको सर्वोच्च प्रतियोगिताका च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

    फाइनल खेल यही मे २६ तारिखको दिन युक्रेनको राजधानी किभ शहरमा आयोजना हुनेछ ।

    रियाल मड्रिडले १२ पटक च्याम्पियन्स लिग जितेको छ भने लिभरपुलले ५ पटक यो उपाधि आफ्नो नाम लेखाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij