शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दीप ज्योति हस्पिटलमा २७ प्रकारका रोग परिक्षण मेसिन भित्रियो

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  •  दाङ ।  दाङको घोराहीमा रहेको दिपज्योती हस्पिटल दाङ प्रालीले विभिन्न दुई दर्जन बढी रोगहरुको परिक्षण गर्ने नयाँ उपकरण ल्याएको छ ।

    फाईन केयर फिया मिटर नामको मेसिन ल्याए सँगै करिब २७ प्रकारका रोगहरुको परिक्षण गर्न सकिने भएको प्रालिका ल्याब टेक्नीसियन राजकुमार पोख्रेलले जानकारी दिए ।

    थाईराईड जाँच, सुगर जाँच, मुटुरोग, हृदयघात, रगत जमेको जाँच, बाँझोपना, कलेजो क्यान्सरको जाँच लगाएतका दुई दर्जन बढी रोगको परिक्षण गर्ने गरि नयाँ मेसिन ल्याइएको उनले बताए । रगत र पिसाबमा अधिकांश संक्रमणहरुको पहिचान गर्ने गरि नयाँ उपकरण हस्पिटलले जडान गरेको उनको भनाई छ ।

    जाँच सुरु गरेको एक घण्टा मै सबै रिपोटहरु दिन सक्ने मेसिनको क्षमता रहेको छ यसले पनि बिरामीलाई नै फाईदा पुग्छ उनले भने । विभिन्न संक्रमणहरुको कारण पत्ता लगाउन यसले मद्धत पु-याउने उनले जानकारी दिए ।

    निजि स्तरबाट खुलेको हस्पिटलले छोटो समयमा नयाँ-नयाँ नयाँ उपकरणहरुबाट र स्तरीय स्वास्थ्य सेवा दिदै आएको छ । उक्त मेसिन पनि दाङ बाटै बिक्रि हुन थालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij