प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३
काठमाडौ । ललितपुरको ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले दशैं तथा तिहारको अवसर पारेर मोबाइल खरिदमा विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले असोज १५ गते देखि एक सातासम्म लागु हुनेगरि मोबाइल खरिदमा उपहार योजना ल्याएको हो ।
कम्प्लेक्सले दशैंको अवसर पारेर बहार उत्सव, मोबाइल खरिदमा उपहारै उपहार योजना ल्याएको जनाएको छ । यो योजना अन्तर्गत हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट ग्राहकले प्राप्त गर्ने छन् ।
योजना अवधिमा प्रिमियम मोबाइल सेट खरिद गर्ने ग्राहकले हरेक मोबाइलको खरिदमा अर्को मोबाइल सेट प्राप्त गर्नेछन् । यो अफर अन्तर्गत ह्वावे मेट ८, ह्वावे पी नाइन, सामसंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज, ग्यालेक्सी एस सिक्स तथा सिक्स एज, जियोनीको एस सिक्स एसको खरिदमा अर्को फिचर फोन निशुल्क प्राप्त गर्नेछन् ।
कम्प्लेक्सले हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्याङक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्ने योजना ल्याएको छ ।
मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख ४० हजार सम्मको विभिन्न ब्राण्डका फोन उपलब्ध रहेको जनाइएको छ । कम्प्लेक्सको यो अफरसँग विभिन्न मोबाइल कम्पनीले ल्याएका अफर पनि साथमा लागु हुने जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij