शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सर्वसाधारणको गुनासो सुन्ने हेलो सरकारले नै गुनासो पोख्न थाल्यो !

  • प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३



  • काठमाडौं   ।  आम सर्वसाधारणको गुनासो सम्बोधन गर्ने जिम्मेवारी बोकेको हेलो सरकार आफैंले नै गुनासो पोख्न थालेको छ ।

    आम सर्वसाधारणले फोन, फेसबुक, ट्वीटर लगायतका माध्यमबाट हेलो सरकारसमक्ष गुनासो राख्दै आएकामा हेलो सरकारले भने पत्रकार सम्मेलन गरेर आफ्नो गुनासो पोखेको हो ।

    हेलो सरकारका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले सर्वसाधारणको गुनासो सम्बोधनका लागि सूचना प्रविधियुक्त दक्ष जनशक्तिको अभाव रहेको गुनासो गरे ।
    उनले हेलो सरकारमा आवश्यक संख्यामा कर्मचारी नरहेको, कार्यरत कर्मचारीलाई प्रोत्साहित गर्न भत्ताको व्यवस्था नगरिएको तथा मन्त्रालयहरुले हेलो सरकारमा परेका गुनासा सम्बोधनको कामलाई प्राथमिकता नदिएको गुनासो गरे ।

    हेलो सरकारमा गत भदौ महिनामा १ हजार ६ सय उजुरी परेका थिए । आवश्यक संख्यामा कर्मचारी नहुँदा ५७ उजुरी मात्र सम्बोधन हुन सकेको हेलो सरकारले जनाएको छ ।
    आफ्नो सक्रियताका कारण बजार अनुगमनले तिब्रता पाएको, ट्याक्सीहरुले जथाभावी भाडा लिने काम नियन्त्रण भएको, विग्रेका टेलिफोनलाइन मर्मत भएको, काठमाडौंमा सडकको मर्मत सुरु भएको तथा कपिलवस्तुमा आन्तरिक राजस्व कार्यालयको बोर्डमा मधेश सरकार मेटेर नेपाल सरकार लेख्ने काम भएको हेलो सरकारले बताएको छ ।

    तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आमजनताका गुनासा सम्बोधनका लागि हेलो सरकार सेवा सुरु गरेकामा ४ वर्ष ११ महिनाको अवधिमा ५० हजार ९ सय ५ वटा उजुरी परेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij