प्रकाशित मिति : सोमवार, साउन १०, २०७३
काठमाडौं – अभिनेत्री तथा लेखिका बिनिता बरालको उपन्यास जुइनो सार्वजनिक गरिएको छ । काठमाडौंमा लेखिका बरालका साथ अभिनेत्री ऋचा शर्माले पुस्तक विमोचन गर्नुभएको हो ।
विमोचन कार्यक्रममा ऋचाले मोडलिङ, फिल्म र कृषी व्यवसायमा लागेर फेरि कसरी उपन्यास लेख्नुभयो भन्ने जिज्ञाशा राख्नुभएको थियो । ‘कृषी व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षण गर्न केही लेख्नुपर्छ भनेर पुस्तक लेख्न बसेको थिएँ । पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेम कथा बन्न पुग्छ भनेर मलाई थाहा थिएन’ बरालले भन्नुभयो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य २ सय ९४ राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij