प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३
हात्मा गान्धीको सेक्रेटरीको रुपमा वषौंदेखि काम गरेका र उनका वंशजमध्येका एक कनु गान्धीले उनको २ हजारभन्दा बढि तस्बिरहरु लिएका थिए ।
तीमध्ये धेरै तस्बिरहरु वर्षौंसम्म हराए अझ भनौं देखाइएन ।
ती फोटोमध्ये गान्धीको जीवनका अन्तिम दशकका ९२ तस्बिरहरु भारतको नजर फाउन्डेसनले मोनोग्राफको रुपमा सजाएको छ ।
फोटोग्राफर उनको आमा बुवाले २० वर्षको उमेरमा गान्धीको मद्दत गर्नलाई सेवाग्राम पठाएका थिए ।
उनी मेडिकलको पढाई गर्न चाहन्थे तर उनलाई फोटोग्राफीमा आकर्षित भए । उनी महात्मा गान्धीको असहयोग आन्दोलनको बिचमा दर्जनौं पटक भोक हडतालमा बसे । कनु गान्धी धेरैजसो महात्मा गान्धीसँगै बस्दथे त्यसकारण उनी थुप्रै पटक उनको अंतरंग र एकान्त पललाई क्यामरामा कैद गर्न सफल भए ।
उत्तर पश्चिम सीमा प्रान्तमा एक पटक गान्धीको गाडी निकै नराम्रोसँग फसेको थियो । कुन गान्धीले महात्मा गान्धीसँग विभिन्न देशका यात्रा गरे ।
गान्धीको जीवनको अन्तिम दशकमा निकै महत्वपूर्ण घटनाहरु भए । कनुको तस्बिरमा ती सबैको कहानी कैद छ ।
यी तस्बिरहरुमा गान्धी थुप्रै भावमा देखिएका छन् । उनी कहिले गहिरो चिन्तनमा देखिएका छन्, कहिले प्रसन्न मुद्रामा त कहिले आफ्ना समर्थकहरुसँग ।
तीन दिनको भोक हड्तालको क्रममा गान्धीलाई मालिश गर्दै उनकी दिदी रालियातबेन र एक आफन्त ।
यो तस्बिर सन् १९४० को हो ।
सन् १९३८ को एक ऐतिहासिक तस्बिर जसमा महात्मा गान्धी र सुभाष चन्द्र बोस कुराकानी गरिरहेको देख्न सकिन्छ । हुन त गान्धी र सुभाषबिचको सम्बन्ध निकै जटिल रह्यो । उनीहरुका बिच निकै मतभेद पनि रह्यो ।
सन् १९४० मा खिचिएको यो तस्बिरमा गान्धी र नोबेल पुरस्कारका बिजेता रबिन्द्रनाथ टेगोर चिन्तन मनन गरिरहेको अवस्थामा ।
बंगाल, असाम र दक्षिण भारतको रेल यात्राको क्रममा हात फैलाएर दान जुटाउँदै गान्धी ।
सेवाग्राममा एक इसाई र दलित महिलाबिचको क्रममा गान्धी र श्रीमती कस्तूरबा ।
महात्मा गान्धीकी श्रीमती कस्तूरबाको मृत्यु सन् १९४४ को फेब्रुअरीमा भएको थियो । उनको शव नजिकै शान्त मुद्रामा बसेका गान्धी ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij