शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नारायणघाटमा फियाटको पुन्टो

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • काठमाडौ  । नेपालका लागि फियाट् कारको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले ह्याच ब्याक पुन्टो प्युअर कार नारायणघाटमा सार्वजनिक गरेको छ । ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याच ब्याक स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने जनाइएको छ ।

    पुन्टो प्युअर आकर्षक बिशेषता भएको इन्ीट्र–लेभल ह्याच ब्याक रहेको कम्पनीले जनाएको छ ।

    बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा धेरै रुचाइएको जनाइएको छ ।

    पुन्टो प्युअरमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको तथा ६००० आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्ने जनाइएको छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध छ ।

    पुन्टो प्युअरलाई चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले सार्वजनिक गरेका हुन् । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिने जनाइएको छ ।

    यस्तो छ पुन्टोमा विशेषता

    इन्जिन– १.२ लिटर फायर इन्जिन
    डिस्प्ले समेन्ट– ११७२ सीसी
    फ्युल टाइप–पेट्रोल
    ट्रान्समिसन– ५ स्पिड म्यानुअल
    डाइमेनसन–३९८७ एमएम, १६८७ एमएम, १४९७ एमएम
    ग्राउन्ड क्लेरेन्स– १९५ एमएम
    फ्युल ट्यांक– ४५ लिटर
    रंग– एक्जोटिका रेड, हिपहम ब्ल्याक र ह्वाइट
    मूल्य–२२ लाख ८९ हजार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij