बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

महाकवि देवकोटाको नाममा चोक

  • प्रकाशित मिति : शनिबार, असार २३, २०७५



  • बागलुङ, २३ असार  – महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा यहाँको एक चोकको नामाकरण गरिएको छ ।

    बागलुङ नगरपालिका–३ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको चोकको नाम ‘महाकवि देवकोटा चोक’ राखिएको हो । नामाकरणमा धवलागिरि साहित्य प्रतिष्ठान बागलुङ र स्थानीयवासीले विशेष पहल गरेका थिए । गणेश मन्दिरदेखि बुद्धचोकसम्म नाली निर्माणको लागि बनेको उपभोक्ता समितिले पनि नामाकरणको निर्णय गरेको थियो ।

    टोलवासीबाटै माग भएपछि ३ नं वडा कार्यालयले स्वीकृतिका लागि नगरपालिकामा सिफारिस गरेको थियो । नगरपालिकाको बैठकले चोकको नाम ‘महाकवि देवकोटा चोक’ राख्न स्वीकृत प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

    उहाँले सबै पक्षको सकारात्मक सहयोगका कारण नामाकरण सम्भव भएको उल्लेख गर्नुभयो । ‘महाकवि देवकोटाको सम्मानमा चोकको नाम राखिएको हो,’ उहाँले भन्नुभयो, “भाषा, साहित्यको सेवा र प्रवद्र्धनमा यसले महत्व राख्दछ ।”

    ‘महाकवि देवकोटा चोक’ लाई विशिष्ट चिनारी दिने हिसाबले विकास गरिने उहाँको भनाइ छ । सडकको संरचना नबिग्रने गरी महाकवि देवकोटाको सालिक राख्नेदेखि अन्य संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले महाकवि देवकोटाको नाममा चोकको नामाकरण गरिनु गौरबको विषय भएको बताउनुभयो । उहाँले महाकविको नाममा गरिएको चोकको नामाकरणले कला, साहित्यको संरक्षण र उत्थानमा समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij