बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

महिला तथा बालबालिका भवन उद्घाटन

  • प्रकाशित मिति : मङ्लबार, असार २६, २०७५



  • गौशाला, २६ असार (रासस)- जिल्ला प्रहरी कार्यालय, महोत्तरीको परिसरमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्रको अत्याधुनिक भवनको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।

    एशियाली विकास बैंक (एडिबी) को रु एक करोड २८ लाख ७३ हजार ४९ रुपैयाँ सहयोगमा निर्मित १४ कोठे तीनतले महिला तथा बालबालिका सेवा केन्द्रको अत्याधुनिक भवन नेपाल प्रहरीका नायब महानिरीक्षक धिरु बस्न्यातले उद्घाटन गर्नुभएको हो ।

    भवनको उद्घाटन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक बस्न्यातले अत्याधुनिक सेवा सहितको भवनले जिल्लामा हुने महिला तथा बालबालिका विरुद्धको हिंसा र अपराधको अनुसन्धान, न्यूनिकरण तथा न्यायमा सहयोगी सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

    सो भवन उद्घाटन कार्यक्रममा संघीय प्रहरी एकाइ कार्यालय, जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक शेखर कोइराला, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायत, एडिबी कोअर्डिनेटर सुलोचना श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंह लगायतका वक्ताले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij