बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

टुहुरा नाबालकलाई सहयोग

  • प्रकाशित मिति : बुधबार, असार २७, २०७५



  • पोखरा, २७ असार (रासस)- मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।

    रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङ स्थायी बसोवास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पत्तीको मृत्यु भएपछि पोखराको नयाँ बजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विशश र छ वर्षीय विशेषनलाई कोठामा नै पुगी प्रजिअ अधिकारीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

    केन्द्रीय बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेका अनुसार आपत्कालीन बाल उद्धार कोषमार्फत उक्त रकम र कम्मल (दुई थान) उपलब्ध गराइएको छ ।

    राहत सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले विचल्लीमा परेका यी नाबालकको पठनपाठन एवं संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष प्रसाद बुढामगरले नाबालकद्वय असहाय भएको बताउँदै उनीहरूको पठपाठन एवं जीवनयापनका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij