बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

संगीत विकास बोर्ड गठनको माग

  • प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५



  • काठमाडौँ, २८ असार (रासस)- राष्ट्रिय संगीतकर्मी संघले संगीत विकास बोर्ड अविलम्ब गठन गर्न सरकारसंग माग गरेको छ ।

    संघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले कलाकारको सिर्जनामा हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्न संगीत विकास बोर्ड अविलम्ब गठन गर्न माग गरेको हो ।

    उहाँले त्यसप्रकारको चोरीले सर्जकको रचना तथा सिर्जनामा गरिने लगानीको प्रतिफल उपलब्ध हुन नसक्ने उल्लेख गर्दै गीत बजेवापत कलाकारले सबै निकायबाट प्राप्त गरेको रोयल्टी कुनै कलाकारलाई मर्का नपर्ने गरी वितरण गर्न बोर्डको आवश्यकता छ भन्नुभयो ।

    कार्यक्रममा जारी गरिएको विज्ञप्तिमा सबै कलाकारलाई समेट्ने गरी राज्यबाट नै साझा ‘कलाकर्मी अक्षयकोष’ को गठन गर्नुपर्ने र पाइरेसीको अन्त्य गर्नुपर्ने माग गरिएको छ ।

    प्रत्येक प्रदेशमा संगीत विद्यालय खोल्नुपर्ने, नेपाली कला, संस्कृति संरक्षणका लागि हरेक सञ्चारमाध्यमले निश्चित समय निःशुल्क उपलब्ध गराउनुपर्ने, विद्यालयदेखि नै संगीत क्षेत्रको पाठ्यक्रमको विकास गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “अपांग, उत्पीडित र असाहय संगीतकर्मीलाई राज्यबाट निःशुल्क स्वास्थ्य उपचार गराउनुपर्ने तथा नेपाली चलचित्र र गीतसंगीत विदेश लैजाँदा सहुलियत उपलब्ध गराउनुपर्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij