बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आलमप्रति अध्यक्षद्वयको श्रद्धाञ्जलि

  • प्रकाशित मिति : शनिबार, असार ३०, २०७५



  • काठमाडौँ, ३० असार (रासस)-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ ।
    नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उहाँहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
    गृह जिल्ला रौतहटमा हृदयघात भएपछि नेता आलमलाई उपचारका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । उपचारका क्रममा ५३ वर्षीय नेता आलमको शुक्रबार राति निधन भएको हो ।
    श्रद्धाञ्जलिका लागि नेता आलमको पार्थिक शरीरलाई आज बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । नेता आलमलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धुम्रवाहारी पुगेका थिए ।
    गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उहाँ रौतहट क्षेत्र नं २ बाट वाम गठबन्धनको उम्मेदवार बन्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij