बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

वर्षाका कारण स्थानीय तहका केन्द्र पुग्ने सडक अवरुद्ध

  • प्रकाशित मिति : मङ्लबार, साउन १, २०७५



  • नुवाकोट, १ साउन (रासस) – अविरल वर्षाका कारण ग्रामीण सडक बिग्रँदा यहाँका आधा दर्जन स्थानीय तहको कार्यालय सवारी साधनको पहुँचबाट वञ्चित भएका छन् ।

    स्थानीय तहले विकास बजेटको ठूलो हिस्सा सडक निर्माण तथा स्तरोन्नतिमा खर्च गरे पनि सडक व्यवस्थित नहुँदा वर्षाका कारण आएको बाढीले ती सडक प्रयोगविहीन अवस्थामा पु¥याएको हो ।

    ठूलो रकम खर्चेर विस्तार गरिएका सडक वर्षाले बगाउँदा जिल्लाको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर, तार्केश्वर गाउँपालिकाको केन्द्र दाङसिंह, किस्पाङ गाउँपालिकाको केन्द्र काहुले, पञ्चकन्या गाउँपालिकाको केन्द्र लाँकुरीभञ्याङ र शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरसम्म सञ्चालित सवारी साधान अवरुद्ध भएको हो । सडक अवरुद्धले जिल्लामा रहेका ८८ वटा वडा कार्यालय पनि सवारी साधनको पहुँच बाहिर छन् ।

    बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको कार्यालय बाघखोर पुग्न असार पहिलो सातासम्म सार्वजनिक यातायातका गाडी सञ्चालन भइरहे पनि अहिले निजी गाडीसमेत चल्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार जनताको माग र आवश्यकताका आधारमा एक वर्षमा २५५ सडक किलोमिटर सडक विस्तार गरे पनि ती अधिकांश सडक वर्षाले क्षति पु¥याएका कारण
    केन्द्रबाट अन्यत्र जान कर्मचारी र सेवाग्राहीले सास्ती पाएका छन् ।

    ग्रामीण सडक विस्तार भए पनि व्यवस्थित नहुँदा करोडौँ रुपैयाँको लगानी खेर गएको पञ्चकन्याका उपाध्यक्ष सीता खड्काले बताउनुभयो । “गाउँमा विकास भित्र्याउन सबैभन्दा दुर्गम स्थानमा केन्द्र तोकेर सडक विस्तार गरी जनतालाई सेवा पु¥याउन थालेका थियौँ ।” खड्काले भन्नुभयो, “केन्द्रसम्म विस्तार गरेको सडकमा अहिले मोटरसाइकलसमेत चल्न नसक्दा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने अन्योलमा छौँ ।”

    असार पहिलो सातादेखि नै निरन्तर परेको वर्षाले जिल्लाका बाह्रमध्ये पाँच स्थानीय तह सवारी साधनको पहुँचबाट वञ्चित हुँदा स्थानीयवासीको दैनिक क्रियाकलापमा असर परेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij