बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नयाँ सांगठनिक संरचना अनुसार स्वास्थ्यका कर्मचारीलाई जिम्मेवारी

  • प्रकाशित मिति : बुधबार, साउन २, २०७५



  • काठमाडौँ, २ साउन (रासस)- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसारको नयाँ संगठन संरचनाअनुसार मन्त्रालय र माताहतका कार्यालयका प्रमुखहरुको जिम्मेवारी तोकेको छ । ती कर्मचारीलाई मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्रदेशमा जिम्मेवारी दिइएको हो ।

    स्वास्थ्य सचिव पुष्पा चौधरीले मंगलबार ३० जना कर्मचारीको नयाँ जिम्मेवारी तोकिएको बताउनुभयो । मन्त्रालयमा जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय प्रमुखको जिम्मेवारी डा सुशीलनाथ प्याकु¥याललाई दिइएको छ ।

    प्रशासन महाशाखामा मधुसूधन बुर्लाकोटी, जनसंख्या व्यवस्थापन महाशाखामा जर्नादन गुरागाईं, गुणस्तर मापन तथा नियमन महाशाखामा डा दीपेन्द्ररमण सिंह, नीति, योजना तथा अनुगमन महाशाखामा डा विकास देवकोटा र स्वास्थ्य समन्वय महाशाखामा मोहम्मद दाउदलाई प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी, स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी हालकै डा गुणराज लोहनी दिइएको छ भने औषधि व्यवस्था विभागको जिम्मेवारीमा नायराण ढकाललाई यथावत् राखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा वासुदेव जनार्दनप्रसाद उपाध्यायलाई नै जिम्मेवारी दिइएको छ ।

    स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा रमेशप्रसाद अधिकारी, उपचारात्मक सेवा महाशाखामा डा मनिषा रावल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा विवेककुमार लाल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा रोशनीलक्ष्मी तुइतुई, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण महाशाखामा डा तारानाथ पोखरेल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा वासुदेव पाण्डेलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको निर्देशकमा डा भीमसिंह टिंकरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा हरिशचन्द्र उप्रेती, राष्ट्रिय तालीम केन्द्रको निर्देशकमा झलक शर्मा पौडेल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा तालीम केन्द्रमा सुनिलराज शर्मालाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

    सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश नं १ को निर्देशकमा भोगेन्द्रराज डोटेल, प्रदेश नं २ मा चन्द्रदेव मेहता, प्रदेश नं ३ मा महेन्द्रप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशको निर्देशकमा डा तारानाथ पौडेल, प्रदेश नं ५ मा डा विनोदकुमार गिरी, कर्णाली प्रदेशको निर्देशकमा रीता भण्डारी जोशी र प्रदेश नं ७ को निर्देशकमा डा गुणराज अवस्थीलाई जिम्मेवारी दिइएको छ ।
    डा अनुज भट्टचन, डा यदुचन्द्र घिमिरे, डा रमेश खरेल र डा राजेन्द्रप्रसाद पन्तलाई मन्त्रालयमै तानिएको छ । मन्त्रालयले २६ कर्मचारीलाई नयाँ जिम्मेवारी दिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij