बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चिसापानीमा सर्पदंशको उपचार शुरु

  • प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५



  • नवलपरासी, ३ साउन (रासस)- पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ ।

    यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिनुभयो ।

    यस क्षेत्रमा सर्पदंशको उपचार सुविधा नहुँदा सर्पदंशपछि समयमै अस्पताल पुराउन नसकेका कारण ज्यानै गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको समयमा चिसापानी अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएपछि तत्काल उपचार गर्न सहज हुने भएको छ ।

    अस्पतालमा आएका सर्पदंशका सामान्य बिरामीलाई त्यहीँ नै उपचार गरिँदै आइएको छ भने जटिल खालका बिरामीका लागि जोखिम न्यूनीकरण गरी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पठाउने गरिएको छ ।

    सर्पदंशका कारण हुने मृत्युदर कम गर्नका लागि चिसापानी अस्पतालमा शुरु गरिएको सर्पदंशको उपचार सेवा प्रभावकारी हुने अस्पतालका डा मन्जिला घिमिरेले जानकारी दिनुभयो ।

    पश्चिम नवलपरासीमा सर्पदंशको उपचारका लागि त्रिवेणीमा रहेको नेपाली सेनाको क्याम्प र जिल्लाको पृथ्वी चन्द्र अस्पताल, परासीमा उपचार सुविधा रहँदै आएकोमा चिसापानी अस्पतालमा पनि यो सेवा थप गरिएको हो ।

    चिसापानी अस्पतालमा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगविरुद्धको एन्टी रेबिज सुई सेवासमेत शुरु भएको छ । चिसापानी अस्पताल १५ श्यया क्षमताको पूर्ण सरकारी स्वामित्वको अस्पताल हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij