बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अपांगता भएका व्यक्तिको अधिकार माग

  • प्रकाशित मिति : शनिबार, साउन ५, २०७५



  • बुटवल, ५ साउन (रासस)- राष्ट्रिय अपांगता भएका व्यक्ति महासंघ नेपालले अपांगता भएका व्यक्तिका सवाललाई समावेशीकरण गर्दै लैजानका लागि प्रदेश नं– ५ को प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।
    महासंघले शुक्रबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सधैँ अरुको सहायतामा जीवनयापन गर्नुपर्ने अति अशक्त र पूर्ण अशक्त अपांगता भएका व्यक्तिका लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता ज्यादै न्यून रहेको भन्दै सामान्यतय जीवन जीउन सहज हुने गरी क्रमश रु ६ सय बाट वृद्धि गरी रु पाँच हजार र रु दुई हजारबाट वृद्धि गरी रु दश हजार बनाउन माग गरेको छ ।

    सर्वोच्च अदालतले विसं २०६९ मा गरेको फैसलाको कार्यान्वयनको लागि पूर्ण अशक्त अपांगता र बौद्धिक अपांगता भएका व्यक्तिको सहयोगीको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न र अपांगता भएका व्यक्तिको रोजगारीमा अभिवृद्धि हुने गरी तालीम र रोजगारीको सुनिश्चिततासहित बीउ पुँजी हुने गरी बजेट विनियोजन गर्न समेत माग गरिएको छ ।

    त्यसैगरी अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका व्यवस्थाका आधारमा प्रदेशस्तरमा नीति तथा कार्यक्रम तय गरी आवश्यक बजेट विनियोजन गर्न र उनीहरुले आफै रोजगार हुनेगरी व्यवसाय, संस्था, उद्योग, कम्पनी सञ्चालन गर्दा दर्ता शुल्कमा पूर्ण छुट र अन्य व्यक्तिलाई पनि रोजगारमा समावेश गर्ने भए ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

    ज्ञापन पत्र बुझाएपछि महासंघका वरिष्ठ उपाध्यक्ष देवीबहादुर पोखरेलले प्रदेश सरकार र स्थानीय तह अहिले नीति नियम बनाउने क्रममा रहेकाले प्रदेश र स्थानीय तहका नीति निर्माण गर्दा अपांगमैत्री बनाउनका लागि महासंघले सात वटै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी गराउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij