बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चौबीस स्थानमा सौर्य बत्ती जडान

  • प्रकाशित मिति : शनिबार, साउन ५, २०७५



  • कञ्चनपुर, ५ साउन (रासस)- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का २४ स्थानमा सौर्य बत्ती जडान गरिएको छ । रु २१ लाख रकम खर्चेर वडा कार्यालयले सार्वजनिक स्थान, मन्दिर, विद्यालय र चोकहरुमा सौर्य बत्ती जडान गरेको हो ।

    वडा कार्यालयको रु १६ लाख र नगरपालिकाको रु पाँच लाख लागतमा सौर्य बत्ती जडान गरिएको वडाध्यक्ष कमल गिरीले बताउनुभयो ।

    वडाका महत्वपूर्ण ठाउँमा सौर्य बत्ती जडान गरिएकाले रातिका बेला सर्वसाधारणलाई हिँडडुल गर्नमा निकै सहज भएको छ ।

    राति हुनेबित्तिकै आफैँ बल्ने र दिउँसो हुनासाथ आफैँ निभ्ने गरी स्वचालित प्रणालीमा आधारित सौर्य बत्ती जडान गरिएको हो ।

    रातिका बेला नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेर बालीनालीमा नोक्सानी पु¥याउँदै आएका जंगली जनावरसमेत सौर्य बत्तीको उज्यालोले तर्सेर भाग्ने बताइएको छ । वडाका अन्य स्थानमा चालू आवमै सौर्य बत्ती जडान गर्ने योजना वडा कार्यालयको रहेको छ । यसअघि नगरपालिकाको वडा नं ९ मा समेत रु १० लाख रकम खर्चेर सौर्य बत्ती जडान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij