बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बिपीको साहित्यिक योगदान अतुलनीय

  • प्रकाशित मिति : आइतवार, साउन ६, २०७५



  • पोखरा, ६ साउन (रासस)-महामानव बिपी कोइरालाको ३६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।प्रजातान्त्रिक समाजवादका विचारक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका उहाँकोे साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण छ ।
    कवि तीर्थ श्रेष्ठका अनुसार नेपाली आख्यान विधाका शिखर व्यक्तित्व कोइराला नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने प्रमुख व्यक्ति हुनुहुन्थ्यो ।

    राजनीतिक रुपमा विशिष्ट छवि बनाउन सफल उहाँका साहित्य राजनीतिक विचार एवं प्रभावबाट मुक्त रहेको चर्चा गर्दै कवि श्रेष्ठले भन्नुभयो, “बिपीका साहित्यमा राजनीतिक गन्ध देखिँदैन तर उहाँको ‘एक रात’ कथामा राजनीतिकर्मीको पीडालाई भने सामान्य रुपमा व्यक्त गरिएको पाइन्छ ।”

    उत्कृष्ट साहित्य सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा नवीनतम चिन्तन, आयाम, परम्परा एवं र शैली प्रदान गरी उहाँले नेपाली साहित्य जगत्मा ठूलो गुन लगाउनुभएको उहाँले बताउनुभयो ।

    साहित्यलाई कुनै राजनीतिक विचार कानूनले पनि नबाँध्ने बताउँदै श्रेष्ठले कोइरालाले आफ्नो जीवनको एक कालखण्डमा ‘म राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ’ भन्नुभएको स्मरण गर्नुभयो ।
    आफ्नै स्वच्छन्दपन साहित्यको विशिष्टता हुने कुरामा जोड दिँदै श्रेष्ठले बिपीले आफ्नो एक अभिनन्दन समारोहमा साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्नुभएको चर्चा गर्नुभयो ।

    कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ उपन्यास छन् ।

    उहाँका दोषी चश्मा र श्वेतभैरवी कथा संग्रहका साथै ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ जीवनीमूलक कृति प्रकाशित छन् । कोइरालाका नेपाली र हिन्दी भाषामा गरी ३० वटा कथा छन् ।

    साहित्यमा सोझो रुपमा कुनै किसिमको राजनीतिक प्रभाव नदेखिनु कोइरालाको विशिष्टिकृत साहित्यिक पहिचान भएको बिपी साहित्यका अध्येताहरू बताउँछन् ।

    ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा विचार पक्ष’ शीर्षकमा विद्यावारिधि गर्नुभएका प्रा डा भूपती ढकाल ‘कमल’ सोझो रुपमा कुनै राजनीतिक प्रभाव साहित्यमा नदेखिनु कोइरालाको विशिष्ट साहित्यिक क्षमता भएको धारणा व्यक्त गर्नुभयो ।

    बिपीका साहित्यक रचना विभिन्न क्षेत्रसँग सम्बन्धित रहेको बताउँदै उहाँले ‘हिटलर र यहुदी’का साथै ‘मोदी आइन’ मानवतामूलक उपन्यास भएको बताउनुभयो ।

    यी उपन्यासमा मानवताका विविध पक्षबारे चित्रण गरिएको उल्लेख गर्दै प्रा ढकालले ‘सुम्निमा’ उपन्यास संस्कृतिमा आधारित छ भने ‘नरेन्द्र दाइ’ र ‘बाबु, आमा र छोरा’ उपन्यास नारीमूलक हुन् ।

    बिपीले आफ्ना साहित्यलाई सोझो रुपमा राजनीतिक प्रभावबाट मुक्त राख्न सकेको बताउँदै उहाँले प्रतिकात्मक रुपमा भने धेरै ठाउँमा राजनीति पाइने उल्लेख गर्नुभयो ।

    “अविधा अर्थमा बिपीका साहित्यमा राजनीति देखिँदैन”, प्रा. ढकालले भन्नुभयो, “व्यञ्जना र लक्षणा अर्थमा भने उहाँका साहित्यमा धेरै ठाउँमा राजनीति घुसेको पाइन्छ ।”

    विश्व राजनीतिमा नै प्रभाव राख्ने बिपीको साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij