बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

शिवालयहरूमा भक्तजनको भीड

  • प्रकाशित मिति : सोमवार, साउन ७, २०७५



  • भक्तपुर, ७ साउन (रासस)- साउनको पहिलो सोमबार आज भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।

    केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको हो । भक्तपुर, काठमाडाँै, ललितपुर र काभ्रेलगायतका विभिन्न जिल्लाबाट आउने भक्तजनको बिहान ३ बजेदेखि नै घुइँचो लागेको छ ।

    केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा मन्दिर प्राङ्गणमा आजदेखि ३७ दिने श्रावणी मेला सञ्चालन भइरहेको समितिका सचिव एवं प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले बताउनुभयो ।

    मन्दिर दर्शनका लागि लाइन सहज बनाउन कुपन प्रणालीको व्यवस्थाका स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्था गरिएको छ । त्यसैगरी आशापुरी महादेव मन्दिर र दत्तात्रय मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij