बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एक वर्षमा एक हजार ४०७ सर्पदंश पीडित

  • प्रकाशित मिति : मङ्लबार, साउन ८, २०७५



  • इटहरी, ८ साउन (रासस) ः नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रले गत वर्ष एक हजार ४०७ जना सर्पदंशका पीडितको उपचार भएको छ ।

    सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँगाउँबाट सर्पदंशको डसाइपछि उपचारमा ल्याइएका पीडितमध्ये १२५ जनामा विषालु सर्पको डसाइको जीवाणु फेला परेको थियो ।

    सर्पदंशका पीडितको उपचारमा सक्रिय रहनुभएका पदमबहादुर राईले सर्प बढी देखिने वर्षायाममा उक्त उपचार केन्द्रमा दैनिक सरदर आठदेखि १५ जना पीडित उपचारका लागि आउने गरेको बाताउनुभयो ।

    यो वर्षको वैशाखदेखि साउनको पहिलो सातासम्म उक्त सामुदायिक सर्पदंश उपचार केन्द्रमा ५५१ जना सर्पदंशका पीडितले एन्टिस्नेक भेनम सिरम औषधि प्राप्त गरिसकेको उपचारमा संलग्न अर्का सेवा प्रदायक विनोद कट्वालले थप जानकारी दिनुभयो ।

    सो आवधिमा आउने सेवाग्राहीमध्ये २९८ जना महिला र २५३ जना पुरुष रहेका छन् । सर्पदंशपछि उपचारमा आउने पीडितमध्ये पछिल्लो चार महिनाको आँकडा हेर्दा ४५ जना पीडितमा विषालु सर्पको डसाइ फेला परेको पाइएको छ ।

    गर्मी मौसम बढेसँगै सर्पदंशको पीडित हुने क्रममा पनि बढिरहेको उपचार केन्द्रले जनाएको छ । यस महिनाको ६ गतेभित्रमा सर्पदंशको पीडित भएर उपचारका लागि आउने पीडितको संख्या छ दिनमा ६२ जना पुगिसकेको छ । असार महिनामा २५० जना सर्पदंशका पीडितले यस उपचार केन्द्रबाट उपचार सेवा पाएर घर फर्केका थिए ।

    विंसं २०६९ पछि नेपाली सेनाको पूर्वी पृतना मुख्यालय र इटहरीवासीको साझेदारी सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएपछि उक्त केन्द्रले यो अवधिमा सात हजार ४७७ जना सर्पदंशका पीडितको उपचार गरेको तथ्यांक पनि उक्त उपचार केन्द्रले जनाएको छ । हालसम्म उपचार गरिएका पीडितमध्ये ५३९ जना विषालु सर्पको डसाइमा परेका रहेको पनि तथ्यांकमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij