बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पारिवारिक तथ्यांक संकलन शुरु

  • प्रकाशित मिति : बुधबार, साउन ९, २०७५



  • रत्ननगर, चितवन, ९ साउन (रासस) चितवनको भरतपुर महानगरपालिका–७ मा पारिवारिक तथ्यांक लिन शुरु गरिएको छ ।

    हिंसा र बेचबिखनमा परेका महिलाको हकहितमा काम गर्दै आएको संस्था केआइ नेपालले भरतपुर महानगरपालिकाको वडा नम्बर ७ सँगको सहकार्यमा पारिवारिक तथ्यांक संकलन शुरु गरेको वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उक्त वडाको घरधुरी, जनसंख्या तथा वस्तुस्थितिका बारेमा सही जानकारी नभएकाले यकिन तथ्यांक लिन थालिएको हो । काफ्लेले उक्त वडामा बसाइँ सरेर आउने क्रम बढ्दो रहेको तर बसाइँसराइ दर्ता नभएकाले यति नै जनसंख्या भन्न सकिने अवस्था नरहेकाले तथ्यांक संकलन थालिएको उल्लेख गर्नुभयो ।

    मुख्यगरी वडाको जनसंख्या, घरधुरी, पारिवारिक अवस्था, मानव बेचबिखन तथा लैंगिक हिंसाको अवस्था, भाडामा बस्नेको संख्या, लागूऔषध दुरुपयोग अवस्थालगायतका विषयमा तथ्यांक संकलन हुने केआई नेपाल चितवनका संयोजक केमीका घिमिरेले जानकारी दिनुभयो ।

    पारिवारिक तथ्यांक आइसकेपछि राज्यलाई करको दायरामा ल्याउन पनि सहज हुने र विकासका कार्यक्रम सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास रहेको घिमिरेको भनाइ छ ।

    दुई महिनामा तथ्यांक संकलन गर्ने योजनाका साथ नौ जना संकलक खटाइएको केआइ नेपाल, चितवनले जनाएको छ । मंगलबारदेखि शुरु भएको कार्यक्रमका लागि करीब रु दुई लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्ता तथ्यांकले नगरको विकासका लागि सहयोग पुग्ने बताउनुभयो । महिला अधिकारकर्मी संगीता भट्टराई हरेक स्थानीयतहमा यसैगरी तथ्यांक संकलन गर्नसके कार्यक्रम लैजान सहज हुने बताउनुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij