बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अवरुद्ध सडक नखुल्दा तातोपानीवासी मर्कामा

  • प्रकाशित मिति : बिहिबार, साउन १०, २०७५



  • चौतारा, १० साउन – अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डका विभिन्न ठाउँमा पहिरो र नदी कटानले अवरुद्ध सडक लामो समयसम्म खुलाउने प्रयास नभएपछि सिन्धुपाल्चोक तातोपानीका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ ।

    गत असार अन्तिम सातामा सो सडक खण्डको विभिन्न स्थानमा पहिरो र नदी कटानले अवरुद्ध भएको तीन साता बित्न लाग्दा पनि सम्बन्धित निकायले अझै खुलाउने प्रयास नगरेपछि स्थानीय बासिन्दाको आवागमनमा कठिनाई पुगेको हो ।

    गत असार २६ गतेको अविरल वर्षाले भोटेकोशीको बहाब बढेपछि नौ किलो भन्ने स्थानमा ७० मिटर सडक नदीले कटान गरेको थियो ।

    तातोपानी बजार क्षेत्रमा ५० मिटर र कोदारीस्थित इको रिसोर्ट नजिक ५० मिटर सडक पहिरो र नदी कटानले क्षत्विक्षत भएको छ । नौ किलोको सडक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधका कारण कटान भएकाले आयोजनाले नै बनाइदिने विषयमा छलफल भइरहेको र हाम्रोतर्फबाट पनि सम्बन्धित निकायमा बजेट माग गरिएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख जिल्ला इञ्जिनियर अशोक तिवारीले बताउनुभयो ।

    नदीबाट उठाउन करीब ३० मिटर उचाइ पर्ने र माथि बस्ती भएकाले भित्तो काट्न पनि नमिल्ने हुँदा नदीको पानी घटेपछि काम गर्न सजिलो हुने जिल्ला इञ्जिनियर तिवारीको भनाइ छ ।

    बाँध स्थलको सडक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाकै कारण बिग्रेको हँुदा यस अघि आयोजनाले बनाइदिएको र अब उसैले बनाउनुपर्ने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij