बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

विश्वलाई शान्तिको दिशामा दोहो¥याउने बुद्धदर्शन ः प्रधानमन्त्री

  • प्रकाशित मिति : शनिबार, साउन १२, २०७५



  • काठमाडौँ, १२ साउन – धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ ।
    अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्धान धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवका अवसरमा उहाँलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गर्नुभयो ।
    त्यस अवसरमा प्रधानमन्त्री ओलीले धम्मावती गुरुमाँलाई बुद्धको प्रतिमुर्ति प्रदान गर्नुभयो ।
    प्रधानमन्त्री ओलीले ५५ वर्षअघि स्थापना भएको बौद्ध परियती शिक्षामा १० कक्षा उत्तीर्ण गरेका एक सय ५० जना गुरुमाँ तथा उपासक उपासिकालाई सम्मान गर्नुभयो ।
    उहाँले भिक्षु बोधिज्ञानबाट प्रवचन दिँदै अशान्तपूर्ण अहिलेको युगमा विश्वलाई शान्तिको दिशामा दोहो¥याउन बुद्धदर्शन ग्रहण गर्नुपर्नेमा जोडदिनुभयो ।
    नेपालमा महिला शिक्षामा जागरण ल्याउने धम्मावती गुरुमाँको ८५ बर्ष प्रवेशको उपलक्ष्यमा उहाँलाई शुभकामना दिन उपासक उपाशिका तथा शुभेच्छुकहरुको विहारमा ठूलो भीड लागेको छ ।
    जहाँनिया राणाको कठोर शासनकालमा शिक्षा आर्जन गर्ने तथा बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्ने उद्देश्यले विसं २००६ सालमा बर्माको राजधानी रंगुन पुगेका बौद्धविद्धान धम्मावती गुरुमाँ आजदेखि ८५ बर्षमा प्रवेश गर्नु भएको हो ।
    महिलाले अक्षर पढ्न हुँदैन भन्ने त्यसबेलाको सामाजिक बन्धनलाई तोडेर महिनौं दिन हिंडेर रंगून पुगेका धम्मावतीले बर्मामा (हालको म्यान्मार) बुद्ध धर्मको गहन अध्ययन गर्नुभएको थियो । म्यानमारका प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले पनि उहाँलाई गुरुको रुपमा सम्मान गर्दै आउनुभएको छ ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij