बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

शुक्लाफाँटामा बाघको संख्या बढ्दै

  • प्रकाशित मिति : आइतवार, साउन १३, २०७५



  • कञ्चनपुर, १३ साउन (रासस) ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ ।

    आहारा प्रजातिका जनावर पर्याप्त रुपमा पाउन थालेपछि निकुञ्जमा बाघको संख्या बढ्न थालेको हो । अहिले बाघको संख्या बढेर १७ पुगेको छ ।

    “पाँच वर्षयता निकुञ्ज क्षेत्रमा बाघको चोरी सिकारी भएको छैन,” निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले भन्नुभयो । सन् २०१६ र २०१७ मा कालगतिले एक वयस्क पोथी र दुईवटा बाघका डमरु मरेको तथ्यांक छ ।

    चोरी सिकारी नियन्त्रणका लागि प्रतिरोध एकाइ गठन, परिचालन, आहारा र बस्नका लागि उपयुक्त ठाउँको व्यवस्था गरिएपछि निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । पाँच वर्षअघि बाघको संख्या आठदेखि १२ को हाराहारीमा रहेको थियो ।

    बाघले आहारा र डमरु हुर्काउन निकुञ्जको शुक्लाफाँटा, आरक्ष नजिक पर्ने लालझाडी क्षेत्र, आरक्षसँग जोडिएको चुरे क्षेत्र तथा महाभारत पर्वत श्रृङ्खलाको तल्लो भागसम्म जैविक मार्गका रुपमा विस्तार गरिएको छ ।

    सन् १९७४ पछि मात्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संरक्षण गरिँदै आएको हो । बाघ गणना सन् १९९९ देखि बर्सेनी गरिँदै आएको छ । आरक्षको ३०५ वर्ग किलोमिटर क्षेत्र बाघको बासस्थान मानिन्छ । सन् २०२० सम्म सरकारले बाघको संख्या दोब्बर पार्ने योजना बनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij