बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पन्तको हत्यारालाई कारबाहीको माग

  • प्रकाशित मिति : मङ्लबार, साउन १५, २०७५



  • काठमाडौँ,  –  कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मञ्चले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

    मञ्चका अध्यक्ष पञ्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा गएको टोलीले आज सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री थापासंग भेट गरी उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । पन्तको गत शुक्रबार राति हत्या भएको थियो ।

    ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले हत्यामा संलग्नलाई पक्राउ गरिसकेको र संसद्मा पनि बहस चलिसकेकाले कारबाही गर्ने बताउनुभएको महासचिव लामाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मन्त्री थापाले महिलाको सुरक्षामा सरकार संवेदनशील रहेको बताउँदै महिलामैत्री कानून बनाउनेसमेत आश्वासन दिनुभयो ।

    कानून फितलो भएकाले यसको फाइदा अपराधीले लिइरहेको र महिलाकोे सुरक्षित बाँच्न पाउने अधिकारसमेत गुमिरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij