बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बुढामगरको ‘हामी कसरी जिउँछौँ’ पुस्तक बजारमा

  • प्रकाशित मिति : आइतवार, साउन २०, २०७५



  • 2018-08-05 07:14

    काठमाडौँ, २० साउन  – वरिष्ठ साहित्यकार जितासिंह बुढामगरको ‘हामी कसरी जिउँछौँ’ नामक पुस्तक आजदेखि बजारमा आएको छ ।

    विभिन्न ४८ शीर्षकमा मानव समाजको शास्त्रीय विकासको इतिहास, सभ्य मानव समाज, प्रजातन्त्र तथा गणतन्त्र, सन्तान, स्वास्थ्य, दमन तथा विभेद, धर्म सांस्कृतिक परम्परा र त्यसको समायोजनजस्ता विविध विषयमा लेखिएका उक्त पुस्तक अहिलेका युवापुस्ताका लागि महत्वपूर्ण रहेको छ ।

    सो पुस्तकको शनिबार विमोचन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राज्ञ नर्वदेश्वरी सत्यालले नेपालजस्तो पिछडिएको समाजमा जनचेतना अभिवृद्धि गर्न तथा समाजका विकृति अन्त्य गर्नका लागि पुस्तक उपयोगी रहेको विचार व्यक्त गर्नुभयो ।

    उहाँले शिक्षा नै धन भएकाले शिक्षाबाट नै समाजमा परिवर्तन गर्न सक्ने भन्दै यस्ता पुस्तकबाट नेपाली साहित्य भण्डारमा एउटा इँटा थपिएको धारणा राख्नुभयो ।

    पुस्तकका लेखक जितासिंह बुढामगरले नेपालमा सामाजिक क्षेत्रमा रहेको विकृतिलाई आफूले पुस्तकमा केलाएर विचारको अनुभव पस्कँदै पाठकसमक्ष पुस्तक ल्याएको बताउनुभयो ।

    नेपाल मगर संघ काठमाडौँ जिल्ला अध्यक्ष गौरबहादुर आलेमगरले युवालाई शिक्षाको माध्यमबाट देश विकासमा लाग्न पुस्तकले प्रेरणा दिने विचार व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij