बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मन्त्री बस्नेतद्वारा दुःख व्यक्त

  • प्रकाशित मिति : आइतवार, साउन २०, २०७५



  • काठमाडौँ, २० साउन – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृह जिल्ला जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा अविरल वर्षासँगै गएको पहिरोमा परी एकै घरका चारसहित आठ जनाको मृत्यु भएको घटनाको दुःख व्यक्त गर्नुभएको छ ।

    उहाँले आज एक विज्ञप्तिमार्फत मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

    मन्त्री बस्नेतले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै सरकारका तर्फबाट गर्नुपर्ने उद्धार, राहत, पुनःस्थापना र घाइतेको उपचारका निम्ति आवश्यक पहल र व्यवस्था भइरहेको जानकारी दिनुभयो ।

    उहाँले उद्धार तथा राहत कार्यमा संलग्न स्थानीय प्रशासन, सुरक्षा निकाय, रेडक्रसकर्मी र स्वयंसेवकप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । आज बिहान गएको पहिरोले दुई घर पुरिँदा भेरी नगरपालिका वडा नं ६ घर भई ठाँटीबजारमा डेरा गरी बस्ने शीतली लोहार, उहाँका छोरी १० वर्षीया रञ्जना, सात वर्षीया मनिषा र तीन वर्षीया भगवती, सोही ठाउँकी आठ वर्षीय नज्मा बोहरा, १३ वर्षीया नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा कुसे गाउँपालिका–५ का ८ वर्षीय दशरथ परियारको निधन भएको थियो । पहिरोमा परी लालबहादुर लोहार र तीर्थराज बोहरा घाइते हुनुभएको छ ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij