बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चौतारामा बाल विकास महोत्सव

  • प्रकाशित मिति : आइतवार, साउन २०, २०७५



  • चौतारा, २० साउन – सिन्धुपाल्चोकको चौतारामा आज प्रथम बाल विकास महोत्सव आयोजना गरिएको छ ।

    बाल विकासको बारेमा के कस्ता काम भएको छ भन्ने जानकारी दिने उद्देश्यले सदर मुकामको टुँडिखेलमा १३ वटा नमूना कक्षमार्फत महोत्सव गरिएको हो । ती कक्षमा दुईदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई पढाउने कक्षा कोष तथा पाठ्य सामग्री के कस्तो हुनुपर्छ भन्ने जानकारी गराइयो ।

    त्यसैगरी स्तनपान सप्ताहअन्तर्गत गर्भवती अवस्था र शिशुको आमालाई पोषण तथा स्तनपान सम्बन्धमा जानकारी गराउने उद्देश्यले टुकी संध सुनकोशी सुआहारा कार्यक्रमको पनि छुटै स्थल राखेको छ ।

    महोत्सवको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले उट्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री दुलालले स्वस्थ र शिक्षित व्यक्तिले नै देश विकासमा बढी योगदान दिनसक्ने चर्चा गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउन सबैले इमान्दारिताका साथ लागीपर्न आग्रह गर्नुभयो ।

    महोत्सवमा राखेको कक्षमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो । तेह्र प्रदर्शनी कक्षमध्ये सागाचोक बाल विकास केन्द्र प्रथम, बाल विकास क्षेत्र कुञ्चोक द्वितीय र पिपलडाँडा स्याउने बाल विकास केन्द्र तृतीय भएका थिए । जिल्लामा ५२८ विद्यालय र ३५२ बाल विकास केन्द्र छन् ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij