बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

  • प्रकाशित मिति : मङ्लबार, साउन २२, २०७५



  • पाँचथर, २२ साउन (रासस) – भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाँउलाई नेपालको सिमानामा रहेको चिवा भन्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ ।

    नेपाल सिक्किमबीच प्रवेश बिन्दु चिवा भन्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनुका साथै सिक्किम र नेपाल जोड्ने पहिलोस्तरीय सडक सम्पर्क हुने बताइएको छ । १०० किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन ।

    उत्तरी–चिवा भन्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक यो वर्षको माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ ।

    शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले यो सडक धेरै पहिले निर्माण भइसक्नुपर्ने थियो तर वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण कार्य ढिलो भएको बताउनुभयो । “हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ ।” उहाँले भन्नुभयो ।
    स्थानीयका अनुसार खुला सिमानाको कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानो स्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । “नून, चिनी तथा मट्टितेलजस्ता सामग्री पहिलेदेखि सीमा क्षेत्रमा व्यापार हुन्थ्यो ।”

    गोलभेँडा भारत निकासी खुलेपछि हर्ष

    एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी शुरु भएपछि यहाँका कृषक हर्षित छन् । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी शुरु भएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।

    उहाँका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि यहाँको नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिले काम अघि बढाएको हो ।”

    भारतीय पक्षले निकासी हुने सूचीमा गोलभँेडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्री वितरण प्रभावित भएको थियो ।
    केही दिनअघि बजार प्रवद्र्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो । निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा वृद्धि हुनुका साथै व्यापार पनि बढेको राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला अध्यक्ष गणेश पोखरेलले निकासी खुलेको जानकारी दिनुभयो ।

    यहाँकोे याङवरक, हिहिहाङ गाउँपालिकाका किसानको बगानबाट यो वर्ष रु रू १३ करोडभन्दा बढीको आम्दानी हुने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij