प्रकाशित मिति : मङ्लबार, साउन २२, २०७५
मधु पौडेल, बाँके
सामाजिक एकता र सामाजिक सदवाद सामुदायिक सुरक्षा र सुशासनका लागि नेपालगंजमा आईतबार एक प्रशिक्षण कार्यक्रम गरीएको छ ।
बाकेमा सामाजिक सदभाव कसरी कायम गर्न सक्रिन्छ र समाजिक सदभावलाई कसरी लिने भन्ने विषय महत्वका साथ लिदै उक्त प्रशिक्षण कार्यक्रम गरीएको थियो ।
नेपाल उद्योग वाणिज्य संघ का केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथिमा सम्पन्न उ्रक्त कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न सरोकारवलाहरुले समाजिक सद्भावका विषयमा आफ्ना भनाईहरु राखेका थिए ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले बाके जिल्लाको नेपालगंज शहर भनेको सदभावको सहर भएको हुदाँ सदभाव कायमका लागि सबैको उत्तिकै भुमिका रहेका बताए ।
यसै गरी कार्यक्रममा आन्तरिक धार्मिक संजालका उपाध्यक्ष तथा मौलाना जब्वर मंजरी ले समाजिक सदभावका लागि शिक्षा,स्वाथ्य र सदभावका विषेश जोड दिनु पर्ने बताए ।कार्यक्रममा बाके गैर सरकारी संघका अध्यक्ष सपना भट्राई ,साहित्यकार ऋचा लुइटेल,समाजिक सदभाव युवा संजालका सदस्य मकबुलअहमद मुकेरी लगाएका आफ्ना भनाई राखेका थिए ।
प्रशिक्षण कार्यक्रमको पहिलो सेसन सामाजिक समावेशिता तथा लैगिङताको विषयमा समाजिक अभियान्ता एवं प्राध्यापक रविन्द्र कर्णले लिएका थिए ।
सामाजिक सदभावलाई अझै कसरी समाजकेन्द्रि बनाउन सकिन्छ भन्ने विषयमा युएनडिपीका प्रदेश न ५ र ७ का संयोजक सतिष पाण्डेले सेसन लिएका थिए भने सुसानका विषयमा बागेश्वरी असलसासन क्लव नेपालगंज केन्द्रिय समितिका कार्यकारी निर्देशक नमस्कार शाहले सेसन लिएका थिए । कार्यक्रममा समाजिक सदभाव निमार्णका लागि बाकेका गठन गरीएका सामाजिक सदभावका विभिन्न समितिका पदाधिकारी तथा प्रतिनिति ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij