बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एउटै परिवारबाट तीस लाख सहयोग

  • प्रकाशित मिति : बुधबार, साउन २३, २०७५



  • म्याग्दी, २३ साउन  – अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ ।

    विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले रु ३० लाख सहयोग गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गरेको हो । खड्का परिवारले रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरी सो विद्यालय व्यवस्थापन समितलाई उपलब्ध गराएको थियो ।

    उक्त भवन पुनःनिर्माणका लागि गाउँपालिकाले रु १० लाख, स्थानीयवासी कृष्णप्रसाद बरुवालले रु दुई लाख ५० हजार, विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनीको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार, हाल जापानमा रहनुभएका दधीलाल खड्काले रु ५१ हजार तथा बेल्जियममा रहनुभएका नारायण खड्काले रु ४५ हजार सहयोग गर्नुभएको छ ।

    सहयोग जुटेपछि चार कोठा थप निर्माण गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा ३२२ विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक मेखबहादुर खड्काले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij