बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सल्युट गोर्खाको दुई दिने प्रशिक्षण कार्यक्रम सप्पन्न (फोटो फिचर)

  • प्रकाशित मिति : बुधबार, साउन २३, २०७५



  • बर्षात छेत्री, दाङ  साउन २३ गते

    सल्युट गोर्खा ट्रेनिङ सेण्टर क्षेत्रिय कार्यालय दाङको आयोजनामा २ दिने सकारात्मक सोच तथा अन्तरबार्तामा कसरी प्रस्तुत हुने भन्ने बिषयमा प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
    साउन २१ र२२ गते दाङको घोराहीमा भएको दुई दिने सकारात्मक सोच र अन्तरबार्ता कसरी दिने भन्ने बिषयमा प्रशिक्षण दिने प्रशिक्षकहरुमा बेलायत सेनाका रिटायर मेजर माईकल न्युटन,सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिका केन्द्रिय अध्यक्ष राहुल पाण्डे र सल्युट गोर्खा ट्रेनिङ प्राली बागलुङ शाखाका प्रबन्धक मनिस रायमाझीले करिबकरिब १२० जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएको सल्युट गोर्खा ट्रेनिङ सेण्टर प्रालिका क्षेत्रिय कार्यालय दाङका डाईरेक्टर तथा आयोजक बालकृष्ण रावलले जानकारी दिनुभएको छ । 
    यो प्रशिक्षणको प्रमुख उद्देस्य बेलायतको सेनामा भर्ना हुँदा वा सिंगापुर प्रहरीमा भर्ना हुँदा कहिँ पनि रकम खर्च गर्नु पर्दैन आफ्नो मेहनतले मात्रै त्यहाँ छनौट हुने कुरा सबैलाई जानकारी गराउने उद्देश्यले गरिएको रावलको भनाइ छ।
    अब २०१९ र २०२०मा बेलायतको सेनाले महिलाहरुलाई पनि भर्ना लिने भएकोले सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा.लि क्षेत्रिय कार्यालय दाङले महिलाहरुलाई निशुल्क तालीम तथा अध्ययनको ब्यबस्थापन गरेकोले डाईरेक्टर रावलले ईच्छुक महिलाहरुलाई ट्रेनिङको लागि आउन आव्हान गर्नुभएको छ । हाल सम्म उहाँको ट्रेनिङ सेण्टरमा ६३ जना महिलाहरुले तालिममा सहभागी भएको उहाँको बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij