प्रकाशित मिति : बुधबार, साउन २३, २०७५
प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले विपत् प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय बर्दियालाई रु १० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ ।
विपत् व्यवस्थापन समिति बर्दियाद्वारा आज यहाँ आयोजित सामग्री हस्तान्तरण समारोहमा उहाँले विपत् प्रतिकार्यका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्न प्रदेश सराकार सक्रिय रहेको बताउनुभयो ।
मन्त्री केसीले बर्दियाको विपत् व्यवस्थापनका लागि सरकारले छिटै नै रणनीतिक योजना बनाएर लागू गर्ने जानकारी पनि दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij