बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

समाजवादका विषयमा अध्ययन गर्न युवा पुस्ता सक्रिय हुनुपर्छ

  • प्रकाशित मिति : शनिबार, साउन २६, २०७५



  • नेपाली काँग्रेसका नेता राजिव कोइरालाले प्रजातान्त्रिक समाजवादका विषयमा गहन अध्ययन गर्न युवा पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

    तरुण दलले आज सुनसरीको इटहरीमा आयोजना गरेको प्रशिक्षण शिविर कार्यक्रममा उहाँले भन्नुभयो, “काँग्रेसको संगठनलाई सबल, सक्षम र सशक्त बनाउन तरुण दलमा लागेका युवा प्रशिक्षित हुनुपर्दछ ।”

    तरुण दलको पूर्वअध्यक्ष एवं प्रमुख प्रशिक्षक विनोद कायस्थले तरुण दलका युवाले पार्टीको नीति, सिद्धान्तसँगै अन्य राजनीतिक दलको नीति कार्यक्रम र योजनाका विषयमा समेत गहन अध्ययन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

    तरुण दल इटहरीका अध्यक्ष विष्णु खत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैगरी अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज इटहरी उपमहानगरपालिकास्थित पकलीमा आयोजित रक्तदान कार्र्यक्रममा ३३ जनाले रक्तदान गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij