बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

फोहर व्यवस्थित गरिँदै

  • प्रकाशित मिति : मङ्लबार, साउन २९, २०७५



  • पर्वत, २९ साउन- लामो समयदेखि जङ्गल र नदी किनारमा फालिँदै आएको सदरमुकाम कुश्माबजारको फोहर व्यवस्थित गरिने भएको छ ।

    कुश्मा बजारको फोहरलाई डम्पिङसाइड (फोहर व्यवस्थापन गर्ने ठाउँ) नचाहिने गरी व्यवस्थापन गर्न लागिएको हो । कुश्मा नगरपालिका र सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्रबीच फोहर व्यवस्थापन गर्नेबारे पाँच वर्षका लागि सम्झौता भएको छ ।

    अहिलेसम्म कुश्माको फोहर जङ्गल र नदी किनारमा फाल्ने गरिँदै आएको छ । कुहिने र नकुहिने फोहर एउटै ठाउँमा मिसाएर सङ्कलन गरिँदै आएको थियो । भदौपछि कुहिने र नकुहिने फोहर घरबाटै छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था गर्न लागिएको विकास केन्द्रका कार्यक्रम संयोजक टिकाराम भुसालले बताउनुभयो । “कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गरिनेछ,” उहाँले भन्नुभयो । उक्त मल तरकारी उत्पादन गर्न करेसाबारी र गमलामा प्रयोग गर्न सकिनेछ । उक्त मल उपभोक्तालाई निःशुल्क उपलब्ध गराइने भुसालले बताउनुभयो ।

    “ नकुहिने फोहर खाल्डोमा गाड्ने तथा जलाएर नष्ट गर्छौँ,” उहाँले भन्नुभयो । फोहर व्यवस्थापन गर्न कुश्मा नगरपालिका– ११ सिल्मीमा सात रोपनी जग्गा भाडामा लिइएको छ । सफा कुश्माका लागि सामूहिक अभियानले विगत १५ वर्षदेखि फोहर सङ्कलनको काम गर्दै आएको छ । गत वर्ष फोहर व्यवस्थापन गर्न नसकेपछि सो काम नगरपालिकालाई जिम्मा लगाइएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij