बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

  • प्रकाशित मिति : मङ्लबार, साउन २९, २०७५



  • बेनी, २९ साउन – म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान)को लागि रु एक लाख खर्चिनुभयो । छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले उनले दैनिक रु ५०० ज्याला दिने गरी मान्छे खटाएर श्रमदान गर्नुभयो ।

    खानेपानीको चरम अभाव रहेको खानीगाउँमा खानेपानी आयोजना निर्माण गर्ने भएपछि २०० दिनसम्म श्रमदान गर्ने गाउँ भेलाको निर्णयबमोजिम आफूहरुले श्रमदानको लागि उक्त रकम खर्चिएको शेरचनले बतानुभयो । “गाउँका हरेक घरबाट २०० दिन झारामा सहभागी भए, हाम्रो घरबाट काम गर्न सक्ने मान्छे नभएपछि ज्याला दिएर मान्छे खटाएर झारा ति¥याँै’’–उहाँले भन्नुभयो, “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो, अहिले घरघरमा खानेपानी धेरै सुविधा पुगेको छ ।’’

    गाउँपालिकाअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानीगाउँमा सञ्चालन भएको बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनामा स्थानीयले छ महिना बढी समयसम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

    कूल रु ६७ लाख ६७ हजारको लागतमा निर्माण भएको यस आयोजनाबाट खानीगाउँका ५९ घरधुरी लाभान्वित भएका छन् । आयोजना निर्माणमा नेपाल सरकार र फिनल्याण्ड सरकारको रु २० लाख ९७ हजार ७८४ को दरले लगानी भएको छ भने गाउँपालिकाले रु छ लाख ७६ हजार ७०३ लगानी गरेको छ ।

    “बफुवाखोलामा रहेको मुहानदेखि घरघरमो धारा विस्तार गर्दा करीब १४ किलोमिटर पाइपलाइन श्रमदानबाटै खनेका हौँ, त्यसको अलवा आयोजनाको पूर्वाधार निर्माणमा समेत स्थानीयवासीबाट सहयोग भएको छ” उपभोक्ता समितिका अध्यक्ष छन्त्यालले भन्नुभयो । गत वर्षको भदौदेखि निर्माण शुरु भएको यस आयोजनामा स्थानीयवासीले हिउँदको अधिकांश समय श्रमदान गरेरै बिताएका थिए ।

    आयोजना निर्माण भएपछि अहिले १३ वटा मुख्य र सहायक ट्याङ्कीमार्फत घरघरमा खानेपानीको सुविधा पु¥याइएको छ । विगतमा खानेपानीको लागि कुवामा घण्टौँ समय लगाएर लाइन बस्नुपर्ने बाध्यता रहे पनि आयोजना निर्माण भएपछि घरघरमै सहजरुपमा खानेपानीको सुविधा उपभोग गर्न पाएको स्थानीयवासी मङ्गलबहादुर विश्वकर्माले बताउनुभयो । खानेपानीको सहज सुविधा पुगेसँगै स्थानीयवासीले खानेपानीको जोहो गर्न लाग्ने समयलाई कृषि र उद्यमशीलतातर्फ लगाउन शुरु गरेका छन् ।

    ‘एक घर, एक धारा’ अवधारणाअनुसार सबै घरधुरीसहित स्थानीय मण्डली र दुर्गा आधारभूत विद्यालय तथा खानीगाउँ आमा समूह भवनमा एक÷एक वटा सार्वजनिक धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिव खरबहादुर पुनले जानकारी दिनुभयो । यो वर्ष बरङ्जाको दुर्दीमा समेत रु ७० लाखको लागतमा भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । बास परियोजनामार्फत रु ७० लाख तीन हजार ९९३ को लगानीमा निर्माण भएको आयोजनाबाट मंगला गाउँपालिका–४ दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।

    हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पु¥याउन यस परियोजनाले मङ्गलामा चारवटा योजना सञ्चालन गरेकोमा दुई वटा योजनाको निर्माण कार्य सम्पन्न भएको छ । परियोजनाले मङ्गला गाउँपालिका–१ थाइबाङमा पञ्चासे ओखरबोट खानेपानी आयोजना र २ नम्बर वडा तल्लो डडुवामा चिसापानी धोबीखोला खानेपानी आयोजनाको निर्माण कार्यलाई समेत अघि बढाएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij