मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सबै माग पूरा नभएसम्म अनशन : डा. केसी

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • काठमाडौं । दस दिनदेखि अनशनरत डा. गोविन्द केसीले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कनिष्ठलाई डिन बनाइए आफूलाई मान्य नहुने पनि बताएका छन् ।

    वरिष्ठताका आधारमा डा. जगदीशप्रसाद अग्रवाल डिन नियुक्त हुनुपर्नेमा अख्तियारले त्रिविलाई पठाएको पत्र अघि सारेर उनीभन्दा कनिष्ठलाई डिन बनाउन खोजिएको उनको भनाइ छ ।

    डा. केसीले भने, ‘सबभन्दा वरिष्ठ डा. अग्रवाललाई डिन बनाउनुपर्छ, वरिष्ठता मिचेर बनाइयो भने हाम्रो आन्दोलन रोकिँदैन ।’

    ‘सर्वोच्च अदालतले समेत अग्रवालको विषय अख्तियारको ‘जुरिडिक्सन’ भित्र पर्दैन भनेर भनिसकेको छ, त्रिविले मुद्दा परेका अरू व्यक्तिलाई डिन बनाउन मिल्ने तर सबभन्दा वरिष्ठलाई बनाउन किन नमिल्ने ? यसको रहस्य खोतल्नु आवश्यक छ,’ केसीले भने, ‘वरिष्ठ र इमानदार मान्छे डिन नबनाउने षड्यन्त्र गर्न थालिएको छ ।’

    नवौं आमरण अनशनको दसौं दिन स्वास्थ्य निकै कमजोर भए पनि केसी आफ्ना मागमा अडिग छन् । रगतमा अक्सिजन स्याचुरेसनको कमीलगायतका समस्या देखिएपछि उनलाई अक्सिजन दिएर राखिएको छ ।

    देशमा अख्तियारको समानान्तर सरकार नभई सरकार नै उसैको मात्र भएको भन्दै केसीले भने, ‘शीर्ष नेताहरू दुलोभित्र पसेका छन्, सरकारले उसकै चाकडी गरिरहेको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij