बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एक किलो मिठाइको मूल्य ९००० भारु !

  • प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५



  • news

    नयाँ दिल्ली, भदौ ६ । हामीमध्ये धेरैले मिठाइ खाएको हुनुपर्छ । बजारमा विभिन्न प्रकारका मिठाइ पाइन्छन् ।

    तपाईले खाएको मिठाइएको मूल्य कति होला ? सामान्यतया हामी ५/६ सय रुपैयाँ किलोसम्मका मिठाइ खान्छौं । तर एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ (भारु ९०००) पर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलो पर्ने मिठाइले धेरैको ध्यानाकृष्ट गरेको छ ।

    गुजरातको सुरतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलोको मिठाइ पाइन्छ । ‘गोल्डेन स्वीट’ नाम दिइएको सो मिठाइमा सुनकै जलप लगाइएको हुन्छ ।

    रक्षा बन्धन पर्वलाई ध्यानमा राखेर उक्त मिठाइ बजारमा ल्याइएको हो । रोहन मिठाइवालाले उक्त मिठाइ बजारमा ल्याएका हुन् । उनका अनुसार पाँच प्रकारका मिठाइ उच्च क्वालिटीका साथ बजारमा ल्याइएको हो ।

    उक्त मिठाइमा प्रयोग हुने केसर स्पेनबाट मगाइएको उनको दावी छ । त्यस्तै १८० नम्बरको काजु, सुनको जलप मिठाइका प्रमुख आकर्षण हुन् ।

    काजुकरी, नरगिस कलम, पिस्ता बादशाह, ड्राइफुड आउट र केसर गुञ्ज नामका पाँच मिठाइ उच्च क्वालिटीसहित तयार पारिएका हुन् जो आम मिठाइको तुलनामा निकै महँगा छन् ।

    मिठाइमा शुद्ध सुनको लेप लगाइएको हुन्छ । मिठाइमा प्रयोग भएको सुन बजारमा पाइने सुनको तुलनामा महंगो हुने रोहनको भनाइ छ । सुनलाई खान लायक तुल्याएर लेप बनाउन निकै खर्चिलो हुने भएकाले सुनको मूल्य बढी पर्न जाने उनले बताए ।

    आफ्नो मिठाइ पसल स्थापनाको २५ औं वर्ष पुरा भएको अवसरमा यस प्रकारको मिठाइ बनाउने घोषणा गरिएको रोहनको भनाइ छ । उनको मिठाइ पसलमा अचेल मानिसको भीड लाग्ने गरेको छ । कयौं त मिठाइ हेर्नकै लागि आउने गरेको उनले बताए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij