प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३
काठमाडौं । चिनी कत्तिको खान रुचाउनुहुन्छ ? गुलियो ज्यादा खाने गर्नुहुन्छ भने विचार गर्नुहोस् । गुलियो भएका धेरै खानेकुरा खाँदा शरिरमा विभिन्न खाले समस्याहरु देखिने गर्छन् । चिनीको कारण विभिन्न समस्या आइपर्दा तपाईको शारिरीक अवस्थामा समेत ठुलो समस्या उत्पन्न गराउँछ । धेरैले सोच्नेगर्छन् कि चिनीको ज्यादाँ प्रयोग गर्यो भने मधुमेह रोगमात्र लाग्छ । तर, यो गलत धारणा हो ।
ज्यादा गुलियो खादा के के रोग लाग्छन् र कस्ताकस्ता समस्याहरु देखिन्छन् लौ हेर्नुहोस् ।
चिनीको ज्यादा प्रयोग गर्नु भनेको मुटु रोगलाई निम्त्याउनु हो ।चिनीको ज्यादा प्रयोग गर्दा प्रयोगकर्ताको दिमागलाई मदिरा र कुलतप्रति धकेल्छगुलियो बढी खादाँ अनावश्यक भोक बढाउँछ जसले गर्दा शरिरमा समस्या पैदा गर्न थाल्छ ।
ख्याल गनुृहोस् ज्यादा चिनीको प्रयोग गर्दा चिनीले कलेजोलाई बिगारिदिन्छ यसले विभिन्न प्रकारका क्यान्सरहरु समेत निम्त्याउने गर्छ । गुलियो भएका खाने कुरा खादाँ इन्सुलिनको मात्रा बढेर जाने गर्छ ।
गुलियोको कारण तपाईको दात कमजोर हुने गर्छ ।अनावश्यक मोटोपन बढ्छ ।जवान अवस्थामा पनि ज्यादा गुलिया रुचाउनेहरु बूढो जस्तो देखिने गर्छन् ।उच्च मधुमेहको जोखिम रहने सम्भावना हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij