मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘रगतको खोजीमा हुनुहुन्छ ! चिन्ता नगर्नुस्’

  • प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५



  • news

    तुलसीपुर । के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ?

    अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नुहुन्छ ।

    तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ । रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या नपरोस् भन्ने उद्देश्यले तुलसीपुर नगर जेसिजले अनकल रगत आपूर्तिको व्यवस्था मिलाएको तुलसीपुर नगर जेसिजका अध्यक्ष दीपेश भण्डारीले बताए ।

    जेसिजले आफ्ना सदस्यहरुको ब्लड ग्रुप क्याम्प गरी कुन सदस्यको कस्तो ग्रुपको ब्लड छ सो ग्रुप वर्गीकरण गरी तालिका निर्माण गरेर अञ्चल अस्पताल तुलसीपुर र रक्तसञ्चार केन्द्रमा उपलब्ध गराएको छ ।

    तालिकामा दुर्लभ रगतदेखि सबै किसिमका ब्लड ग्रुप भएका सदस्यहरुको नाम र सम्पर्क नम्बरसमेत उपलब्ध गराएको जेसिजले जनाएको छ ।

    सोही अनुसार आवश्यक परेको बेला फोन गरी सदस्यहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष भण्डारीले बताए ।

    जेसिजले २४सौँ घण्टा जति बेला पनि बिरामीलाई आवश्यक परेको समयमा आवश्यक रगत उपलब्ध गराउने व्यवस्था मिलाएको बताएको छ ।

    ९१ जना सदस्यको ब्लड ग्रुप, नाम, फोन नम्बरसहित अनकल ब्लडको व्यवस्था गरेको जेसिजका महासचिव नेत्रलाल भट्टराईले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij