बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कञ्चनपुरमा गोली चल्यो, तीन प्रदर्शनकारी घाइते

  • प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५



  • भीमदत्तनगर-२ की १३ वर्षिया निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि  प्रहरीले गोली चलाएको छ।

    प्रहरीले दिएको जानकारी अनुसार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रदर्शनकारीले जिल्लास्थित सरकारी भवनमा तोडफोड गरेपछि प्रहरीले १० राउन्ड गोली हानेको हो। गोली लागि ३ जना गम्भीर घाइते भएका छन् भने थप १० जना घाइते छन्। आक्रोशित समूहले ट्राफिक जिल्ला प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको छ।

    अहिले भीमदत्त नगरको अवस्था तनावपूर्ण छ। स्थिति नियन्त्रण लिन कैलालीबाट थप प्रहरी मगाइएको छ। सय जनाभन्दा बढी प्रहरी कैलालीबाट कञ्चनपुर पुगेका छन्।

    साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलत्कारपछि हत्या गरिएको शव फेला परेको थियो। झन्डै महिना दिन लामो अनुसन्धानपछि प्रहरीले भदौ  ४ गते ४१ वर्षिय दीलिपसिङ बिष्टलाई अभियुक्त भनेर सार्वजनिक गरेको थियो। तर स्थानीयवासी मुख्य दोषी पत्ता लगाउन छोडेर प्रहरीले नक्कली अभियुक्त बनाएको भन्दै विरोध गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij